बैंकिङ खबर । मंगलबार सेयर बजार २.७० अंकको गिरावटसँगै १२४१.८४ अंकमा कायम भएको छ । दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख ४२ हजार एक सय ९६ कित्ता सेयर तीन हजार चार सय एक पटक खरिदविक्री हुँदा १९ करोड ८७ लाख ७५ हजार आठ सय ३४ रुपैयाँको कारोबार भएको छ ।
प्रभु बैंकको तीन करोड तथा एनआईसी एशिया बैंक र कुमारी बैंकको एक करोडमाथिको कारोबार भएको छ । युनाइटेड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८२ प्रतिशतले कमाएका छन् । अरुण काबेली पावरका सेयरधनीले ५.१७ प्रतिशतका दरले कमाएका छन् । यता, समता माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.१६ प्रतिशतका दरले गुमाएका छन् ।