October 22nd, 2018

सेयर बजारमा सामान्य अंकको गिरावट

बैंकिङ खबर । सोमबार सेयर बजार १.९८ अंकले घटेर १२४४.५४ अंकमा कायम भएको छ । दिनभरिमा १४१ वटा कम्पनीको सात लाख ३० हजार तीन सय ९९ कित्ता सेयर तीन हजार चार सय ९९ पटक खरिदविक्री हुँदा १६ करोड ९८ लाख ७८ हजार नौ सय ९० रुपैयाँको कारोबार भएको छ । 

प्रभु बैंकको सबैभन्दा धेरै सवा तीन करोडको कारोबार भएको छ । नेपाल सेवा लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.९५ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टीलरी र जानकी फाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]