October 22nd, 2018

नेप्सेमा सूचिकृत कम्पनीहरुको वर्गीकरण : कुन कम्पनी कुन वर्गमा ?

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुलाई वर्गिकरण गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ मा गरेको व्यवस्था बमोजिम नेप्सेमा सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिएको हो । धितोपत्र सूचिकरण नियमावलीको विनियम ११ अनुसार संगठित संस्थाको सूचिकरण गरेको नेप्सेले जनाएको छ ।

हाल नेप्सेमा १९६ वटा कम्पनी सूचिकृत छन् । जसमध्ये, समूह ए र बि वर्गमा कुनैपनि कम्पनी परेका छैनन् । समूह जेडमा १७४ कम्पनी परेका छन् भने बाँकी २२ कम्पनी समूह जी मा परेका छन् । 

वर्गीकरणको पूरा सूचि हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । 

nepse

वर्गिकरणमा परेका संगठित संस्थाहरुले वर्गिकरणमा पर्नु नपर्ने कारण सहित ३५ दिनभित्र दाबी गर्न समेत नेप्सेले समयावधि दिएको छ । कम्पनीले पेश गरेको दाबी र कारण हेरेर नेप्सेले कम्पनीको वर्गिकरण सच्चाउन आवश्यक भएमा संसोधन समेत गर्न सक्नेछ ।

अन्तर्रा्ष्ट्रिय अभ्यासलाई समेत दृष्टिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल वितरण, बार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग र निमायक निकायले तोकेको नियम परिपालना लगायतको स्थितिलाई हेरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरिएको थियो ।