October 21st, 2018

दशैंमा बालबालिकाले पाएको दक्षिणा बैंक खाता खोलेर जम्मा गरिदिनुस्

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँमा धेरैले दक्षिणा पाए । पुरुषको तुलनामा महिला र विशेषगरी केटाकेटी उमेर समुहले दशैमा दक्षिणा बटुले । अधिकाँसको दक्षिणा अभिभावकले जम्मा गरिदिन्छन् ।  यही अबसरमा बालबालीकाको नाममा बैंक खाता संचालन गरेर दक्षिणा जम्मा गरिदिनु उत्तम मानिन्छ । बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने यो समस्यामा कमीआउन सक्ने विज्ञहरु बताउँछन् । स्कुल लेभलका पाठ्यक्रममा नै समावेश गरेर बालिबालिकालाई आम्दानी, बचत, लगानी लगायतका विषयमा जानकारी दिनुपर्ने आवश्यकता महशूस गरिएको छ । त्यसअघि, बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा धेरै सहज हुन सक्छ । 

चाडपर्वको समयमा विशेषगरी दशैँतिहारको बेलामा बालबालिकाले दक्षिणाले रुपमा आम्दानी गर्दछन् । बालबालिकालाई दिएको भनेर त्यो पैसाको हिसाब कसैले गर्दैन र उसले त्यो पैसा खाने, साथीभाईहरुसँग घुम्ने लगायतका फजुल खर्चमा सकाउँछ । तर, त्यही पैसा अभिभावकले बैंकमा खाता खोलेर बचत गरिदिने गर्यो भने भोली सोही बालबालिकाको पढाई अथवा अन्य ठूलो कामका लागि प्रयोग गर्न सकिन्छ । बैंकमा बचत गरेर राखेको पैसा सुरक्षित हुनुका साथै व्याज पनि पाइन्छ । बैंकहरुले बालबालिकालाई नै लक्षित गरेर विभिन्न किसिमका बचत खाताहरु संचालनमा ल्याएका हुन्छन् । कतिपय बैंकमा निःशूल्क रुपमा नै खाता खोल्न पाइने सुविधा छ । बैंकहरुले दिएको यस्तो सुविधा प्रयोग गर्न सके बालबालिको भविष्य सुरक्षित हुन सक्छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]