October 15th, 2018

सामान्य अंकको गिरावटसँगै १२४१.६४ अंकमा सेयर बजार

बैंकिङ खबर । दशैँ विदाको अघिल्लो दिन सेयर बजार ०.७९ अंकको गिरावटसँगै १२४१.६४ अंकमा कायम भएको छ । होटल, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक र जीवन बीमा समूह बढे तापनि बैंकिङ, विकास बैंक, जलविद्युत्,  अन्य र लघुवित्त समूह घटेका छन् ।

दिनभरिमा १५२ वटा कम्पनीको १४ लाख ६४ हजार आठ सय ९४ कित्ता सेयर चार हजार चार सय आठ पटक खरिदविक्री हुँदा ३३ करोड ५८ लाख ६५ हजार पाँच सय २३ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक, मेगा बैंक र एनएमबि बैंकको दुई करोड तथा एनआईसी एशिया बैंक, माछापूच्छ्रे बैंक, प्राइम लाइफ इन्स्योरेन्स, कुमारी बैंक र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ ।

एनआईबिएल समृद्धि फण्ड, महिला सहयात्रा माइक्रोफाइनान्स र एनआईबिएल प्रगति फण्डका सेयरधनीले क्रमशः ७.२६, ५.६९ र ५.०३ प्रतिशतले कमाएका छन् । लक्ष्मी इक्विटी फण्ड, आईएमई जनरल इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, जेविल्स फाइनान्स, पोखरा फाइनान्स, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

नेशनल हाइड्रो, सेञ्चुरी बैंक, लुम्बिनी विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, सिटिजन्स बैंक, कालिका लघुवित्त, नयाँ नेपाल लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]