October 18th, 2018

कस्तो कम्पनी हो ‘सिडिएस एण्ड क्लियरिङ लिमिटेड’ ? जान्नुहोस् विस्तृतमा

बैंकिङ खबर । धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को व्यवस्था अनुसार केन्द्रीय निक्षेप र राफसाफ तथा पछ्र्यौट सेवा संचालनका लागि नेपा स्टक एक्सचेन्ज लिमिटेडको पुर्ण स्वामित्वमा अर्थात सहायक कम्पनीको रुपमा रहने गरी वि. स २०६७ सालमा स्थापित केन्द्रीय निक्षेपका साथै राफसाफ तथा पछ्र्यौट सेवा प्रदान गर्ने कम्पनी हो । सिडिएससि नेपालको एक मात्र धितोपत्र निक्षेप कम्पनी हो ।

सिडिएससिले प्रदान गर्ने सेवाहरु

  • धितोपत्रहरुको निक्षेप, भुक्तानी र हस्तान्तरण गर्ने । 
  • प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रहरु हितग्राहीको खातामा प्रत्यक्ष रुमा अभौतिकरण गरी जम्मा गर्ने । 
  • हितग्राहीका धितोपत्रहरुलाई विद्युतीय रुपमा सुरक्षित साथ राख्ने र पुस्तकीय प्रविष्टिको आधारमा सम्बन्धित हितग्राही खातामा डेविट तथा क्रेडिट गरी हिसाब खाता तयार गर्न सहजता प्रदान गर्ने । 
  • निष्काशनकर्ता हरुलाई प्राथमिक निष्काशन र संस्थागत गतिविधि तथा लाभहरुको छिटो छरितो वितरण गर्ने । 
  • हितग्राहीहरुलाई धितोपत्रको धितो बन्धकी राख्न तथा बन्धकी रोक्का फुकुवाको सेवा प्रदान गर्ने । 
  • निष्काशनकर्ताहरुको धितोपत्रको हिसाब मिलान सेवा प्रदान गर्ने र अद्यावधिक विवरण उपलब्ध गराउने ।