Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश पारित

admin २०७५ आश्विन २८ गते
सेयर:

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको दशौं बार्षिक साधारण सभा आइतबार(असोज २८ गते) सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०७४/७५ को मुनाफाबाट चुक्ता पुँजीको १७.७० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृती प्रदान गरेको छ । बोनश सेयर वितरण पश्चात चुक्ता पूँजी एक अर्व ६२ करोड पुग्ने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलद्धारा सञ्चालन गरिएको कार्यक्रममा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने बैंकका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले बैंकको आगामी रणनैतिक अवस्थाकोे बारेमा प्रकाश पारे ।

उक्त अवसरमा बैंकले आ.व.२०७४/७५ मा सिद्धार्थनगर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान समेत गरेको छ । 

दश जिल्ला कार्यक्षेत्र रहेको बैंकको हाल निक्षेप परिचालन १५ अर्व, कर्जा लगानी १३ अर्व ४५ करोड रहेको छ भने केन्द्रीय कार्यालय सहित ३७ कार्यालय मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।