October 14th, 2018

दोहोरो अंकको वृद्धिसँगै १२४२.४३ अंकमा सेयर बजार

बैंकिङ खबर । आइतबार सेयर बजार १४.१५ अंकले बढेर १२४२.४३ अंकमा पुगेको छ । जलविद्युत् र निर्जिवन बीमाबाहेक सबै उपसूच बढेका छन् । दिनभरिमा १५८ वटा कम्पनीको १० लाख १६ हजार चार सय ६० कित्ता सेयर चार हजार पाँच सय ३० पटक खरिदविक्री हुँदा २६ करोड ९९ लाख १३ हजार सात सय २९ रुपैयाँको कारोबार भएको छ । 

एनएमबि बैंक, मेगा बैंक र जनता बैंकको दुई करोड तथा एनआईसी एशिया बैंक, प्रभु बैंक र कुमारी बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । प्राइम बैंक, सानिमा बैंक, माछापूच्छ्रे बैंक र सानिमा बैंकको क्रमशः ९३ लाख, ८७ लाख, ८० लाख र ७६ लाखको कारोबार भएको छ ।

एनएमबि सुलभ फण्ड, नेपाल सेवा लघुवित्त, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र मेगा बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । सेञ्चुरी बैंक, सृजना फाइनान्स, नाडेप लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, युनिलिभर नेपाल र पञ्चकन्या माई हाइडोका सेयरधनीले क्रमशः ७.२ र ६.६१ प्रतिशतले गुमाएका छन् । ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, दिव्यश्वरी हाइड्रो, सिभिल लघुवित्त, पूर्णिमा विकास बैंक, समिट माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, राधी विद्युत् कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।