October 12th, 2018

नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांश पारित 

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस लिमिटेडले  आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत आर्थिक वर्षमा १८ करोड १६ लाख आठ हजार सात सय आठ रुपैयाँ ९२ पैसा खुदा मुनाफा आर्जन गरेको कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप साधारणसभामार्फत पारित गरेको छ । साथमा कम्पनीको पूर्वाधार विकासमा थप लगानी गर्न सहयोग मिल्ने गरी २० प्रतिशत बोनस सेयर समेत वितरण गर्ने निर्णय साधारणसभाले गरेको छ । हाल नेपाल क्लियरिङ हाउसको चुक्तापुँजी १८ करोड रुपैयाँ रहेको छ ।  बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ पुग्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]