ङादी ग्रुप पावरले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण शेयर बाँडफाँड बुधबार भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा शेयर बाँडफाँड गरिएको हो ।
समानुपातिक रुपमा सबै आवेदकलाई न्युनतम मात्रामा शेयर बितरण गरिएको छ । जसमध्ये ८० हजार देखि ९० हजारसम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता शेयर पाएका छन् । त्यसभन्दा माथिका सबै आवेदकले माग गरेको शेयरको १.१६ प्रतिशतका दरले शेयर पाएका छन् । कुल ९ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर मध्ये ४८ हजार ६ सय ८६ कित्ता सामुहिक लगानी कोषहरुलाई तथा १९ हजार ४ सय ७४ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडेर बाँकी रहेको ९ लाख ५ हजार ५ सय ७७ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।
ङादी ग्रुप पावरको साधारण शेयरमा ८५.७२ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले गत चैत २१ देखि चैत २५ सम्म साधारण शेयर निष्काशन गरेको थियो ।