October 7th, 2018

दोहारो अंकको गिरावटसँगै १२१४.३६ अंकमा सेयर बजार

बैंकिङ खबर । आइतबार सेयर बजार १३.०१ अंकले घटेर १२१४.३६ अंकमा कायम भएको छ । उत्पादनमूलक र अन्यबाहेक सबै समूह घटेका छन् । दिनभरिमा १६० वटा कम्पनीको १३ लाख ३७ हजार पाँच सय २६ कित्ता सेयर चार हजार सात सय ४५ पटक खरिदविक्री हुँदा ४० करोड ७५ लाख एक हजार चार सय ८१ रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक र एनएमबि बैंकको दुई करोड तथा सोल्टी होटल, प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटर, सिभिल बैंक र माछापूच्छ्रे बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल टेलिकमको ९३ लाख र ग्लोबल आईएमई बैंकको ९२ लाखमथिको सेयर कारोबार भएको छ । 

जम्मा २४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै नाडेप लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रो, हिमालयन डिस्टीलरी, सपोर्ट माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मेरो माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, लक्ष्मी लघुवित्त र भार्गव विकास बैंक, एनआईबिएल प्रगति फण्ड, सेन्ट्रल फाइनान्स, वरियन्टल हाृटल्स, आरएसडीसी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सिभिल बैंक, राष्ट्रिय बीमा कम्पनी, काबेली विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।