आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता सेयरमध्ये ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
यस कम्पनीको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । यस आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ । इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।
इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई कमजोर आधार जनाउने आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।