October 1st, 2018

सुरु भयो विश्व लगानीकर्ता सप्ताह, विभिन्न कार्यक्रम गरी मनाइँदै

बैंकिङ खबर । सोमबारदेखि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ । सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन सुरु भएको सप्ताह नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । 

सोमबार बोर्डले प्रभात फेरि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबार सम्पन्न प्रभात फेरिमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, ब्रोकर तथा लगानीकर्ताहरुको सहभागिता रहेको थियो । 

बोर्डले असोज २१ गतेसम्म नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्नेछ । यसै अवसरमा बोर्डले १९ र २० गते विराटनगरमा क्यापिटल एक्स्पो पनि संचालन गर्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]