बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ४२.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनसमेतका लागि २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल निर्धन उत्थानको चुक्तापुँजी एक अर्ब रुपैयाँ रहेको छ ।