२०७५ आश्विन ११ गते

शिवम् सिमेन्टले सर्वसाधारणका लागि ५० लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्ने

बैंकिङ खबर । शिवम् सिमेन्टले ५० लाख ७९ हजार सात सय ६० कित्ता सेयर निष्काशन गर्ने भएको छ । आयोजना प्रभावितमा अवितरित भएको छ लाख ७९ हजार सात सय ६० कित्ता समेत थप गरेर उक्त अनुपातमा सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।    

शिवमले आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीय बासिन्दाहरुलाई साउन १३ गतेदेखि भदौ ११ गतेसम्म जारी पूँजीको दुई प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता जारी गरेको थियो ।  स्थानीयको उक्त्त सेयर कम्पनीले २०० रुपैयाँ प्रिमयिम सहित प्रतिकित्ता ३०० रुपैयाँमा निष्काशन गरेको थियो । स्थानीयले दुई लाख दुई सय ४० कित्ता सेयर मात्र खरिद गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने सेयरमा भने प्रिमियम मुल्यमा ३०० रुपैयाँ थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरमा निष्काशनमा आउनेछ ।

सर्वसाधारणमा जारी गर्नेे सेयर निष्काशनको अनुमतिका लागि कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा दशैं अगाडी नै निवेदन दिने जनाएको छ ।