September 21st, 2018

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई बोनस वितरण गर्ने अनुमति

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १७ दशमलव ७० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आव २०७४।७५ को मुनाफाबाट चुक्ता पुँजीको १७ दशमलव ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार आठ सय ६० दशमलव ०४ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ९३ प्रतिशतले हुन आउने एक करोड २८ लाख ४४ हजार ७२९ दशमलव ४८ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको  हो । 

शेयर वितरण गर्न नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागको असोज ४ गतेको पत्रसंख्या वि.बैं.सु.बि. र गैरस्थलगत र शाइन र ०७५।७६, चलानी नं. ३५ मार्फत स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । उक्त बोनस शेयर विकास बैंकको १० औं वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने छ ।