नेपाल स्टक एक्सचेन्जमा मंगलबार १ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनिको ४० लाख ६२ हजार ७ सय ९५ कित्ता शेयर ६ हजार ३ सय ८४ पटक खरिद विक्रि हुँदा कुल १ अर्ब ६५ करोड ५३ लाख ३ हजार ९ सय ८० रुपैँयाको कारोबार भएको छ । नेप्से परिसूचक २०.४६ अंकले बढेर १५४४.५३ अंकमा पुगी मंगलबारको कारोबार बन्द भएको छ ।
सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कम्पनिको सबैभन्दा धेरै ८ करोड ७८ लाख ५ हजार २ सय १८ रुपैँयाको कारोबार हुँदा एनबी बैँकको ८ करोड ४७ लाख १० हजार ७६ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ७ करोडमाथिको कारोबार हुँदा सानिमा बैँकको ६ करोडमाथिको कारोबार भएको छ । रिलायबल डेभलपमेन्ट बैँकको प्रोमोटर शेयर, हिमालयन जेनेरल इन्स्योरेन्स, नविल बैँक र प्राइम कमर्सियल बैँकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनएमबी बैँक, नेशनल लाइफ इन्स्योरेन्स लगायतको झन्डै ५ करोडको कारोबार भएको छ ।
पेसिफिक डेभलपमेन्ट बैँकका लगानीकर्ताले सबैभ्न्दा धेरै ९.९६ प्रतिशतका दरले सम्पत्ति बढाउँदा ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । कर्णाली डेभलपमेन्ट बैँक, एनएमबी माइक्रोफाइनान्स, काबेली विकास बैँक र मितेरी डेभलपमेन्ट बैँकका लगानीकर्ताले क्रमशः ९.७३, ९.२०, ८.५२ र ७.६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, रुरल माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा कन्काई विकास बैँक, एनएलजी इन्स्योरेन्स, रिडी हाइड्रोपावर लगायत छन् ।
सबैभन्दा धेरै विकास बैँक समूह ४२.५५ अंकले बढेको छ भने विमा, वाणिज्य बैँक, फाइनान्स र जलविद्युत् क्रमशः ४१.५, २५.५२, ८.८३ र ०.२६ अंकले बढेका छन् । उत्पादनमूलक समूह ६५.८५ अंकले घट्दा होटल र अन्य क्रमशः ४.९८ र ३.५३ अंकले घटेका छन् ।