एनएमबि बैंकको सात करोड तथा नेपाल बैंक, कुमारी बैंक, एनसीसी बैंक र जनता बैंकको चार करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक, प्रभु बैंक र प्राइम बैंकको तीन करोड तथा सिभिल बैंक र ग्लोबल आईएमई बैंकको दुई करोडमाथिको कारोबार भएको छ ।
भार्गव विकास बैंक, नेरुडे लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले क्रमशः ९.५२, ६.७२, ६.६४ र ५.४५ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, जनता बैंक, रिडी हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक, सिभिल बैंक, ज्योति विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
जम्मा ३५ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी र समिट माइक्रोफाइनान्सका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । स्वाबलम्बन लघुवित्त, नागबेली लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्कीम, आईएमई जनरल इन्स्योरेन्स, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।