विजय पराजुली/बैंकिङ खबर । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दशैँ अगाडी नै अनलाईन ट्रेडिङ सिस्टमलाई लाइभ सुरु गर्ने भएको छ । साउनदेखि नै नेप्सेले उक्त सिस्टमको परीक्षण प्रयोग गरीरहेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार अनलाइन टे«डिङ सिस्टमको परिक्षण प्रयोग भइरहेको छ । केहि साधारण समस्या बाहेक सिस्टमले राम्रो काम गरीरहेको उनले बताए । ‘अबको केहि दिन भित्रमा नै मोक होल्डीङमा जाने तयारी गरीरहेका छौँ,’ उनले भने ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम पुर्ण कार्यन्वयन गर्नु अगाडी यूजर एसेप्ट टेस्ट गर्ने तथा कम्पीयूटराइज ट्रेडिङ सिस्टमलाई अनलाइन ट्रेडीङ सिस्टमा परीवर्तन गर्नको लागि समानान्तर संचालनकै क्रममा टेक्नीकल स्पेसिफिकेसन र सिस्टम रिक्वायरमेन्ट स्पेसीफिकेसन लगायतका विषयमा चेकजाँच गर्नुपर्ने सहमति अनुसार चेकजाँच भइरेहको उनले जानकारी दिए । चेकजाच सम्पन्न गरेपछाडी परीक्षणको काम सम्पन्न हुने उनले बताए ।
उक्त परीक्षण सम्पन्न भएपश्चात् देखिएका समस्याको समाधान गरी अन्तिम स्विकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दशँै अगाडी नै जाने तयारी भइरहेको साउदले बताए । धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएमा दशैँ अगाडी अर्थात् असोज मसान्त अगाडी नै नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमको लाइभ सुरु गर्न सकिने उनले जानकारी दिए ।
नेपालमा डिजिटल प्रविधिको विकास हुँदै गरेकोले सम्पुर्ण यूजरहरुमा अनलाइन ट्रेडिङको ज्ञानको कमी रहेकाले त्यसको कार्यन्वयनका केही समस्या आउन सक्ने भन्दै उनले ब्रोकर तथा सेयर कारोबार गराउने ब्यक्तिहरुलाई त्यस विषयमा तालिमहरुको ब्यवस्था गरिने उनले उल्लेख गरे । उनले भने, ‘अनलाइन ट्रेडिङ सिस्टमलाई सफल बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।