२०७३ जेष्ठ १० गते

बैँकिङ कसूरका दोषीलाई अब १२ वर्ष जेल

banking fraudव्यवस्थापिका संसदको अर्थसमितिद्वारा गठित उपसमितिले बैंकिङ कसुरमा दोषीलाई विगोको दोब्बर जरिवानासहित १२ वर्षसम्म जेल हाल्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार गरेको छ । गत माघ ११ गते अर्थ समितिले सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक २०७१ माथि छलफल गर्न उपसमिति गठन गरेको थियो । उपसमितिको जेठ ८ गते बसेको बैठकले बैंकिङ कसुर विधेयकमाथि छलफल गरी तयार पारिएको प्रतिवेदन तयार गरेको हो ।

उपसमितिले अर्थ समितिमा मंगलबार अफ्नो प्रतिवेदन पेश गर्दैछ । अर्थ समितिले छलफल गरेपछि १३ गते बिहीबार संसदको पूर्णसदनमा विधेयक पेस हुनेछ । संसदको पूर्णसदनले आवश्यक छलफल गरी पारित गरेपछि विधेयकले कानूनीरुप लिनेछ र बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ लाई विस्थापित गर्नेछ ।

उपसमितिमा सांसदहरु ओमदेवी मल्ल जोशी, जगदिश्वर नरसिंह केसी, प्रमिला राणा, विदुरप्रसाद सापकोटा, सुबोधकुमार पोखरेल, हरिलाल ज्ञवाली सदस्य रहेका थिए ।