आगामी आर्थिक वर्ष ०७३/७४ देखि किसानलाई सामाजिक सुरक्षा भत्ता (पेन्सन) वितरण गर्न कृषि विकास मन्त्रालयले १५ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार मन्त्रालयले आगामी आवका लागि २५ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइसकेको छ । प्रस्तावित बजेटमा १५ करोड रुपैयाँ किसानको बर्गीकरण गर्नका लागि प्रस्ताव गरिएको छ । प्रवक्ता कार्कीले किसानको बर्गीकरण सकिएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिने बताए । सुरुमा किसानको बर्गीकरण गरेर मात्र पेन्सन वितरण सुरु गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए । उनले किसानलाई भूलेर आएको जस्तो बजेट नहुने पनि दाबी गरे ।