सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको ३३ लाख ६२ हजार ६ सय ३२ कित्ता शेयर ६ हजार १ पटक किनबेच हुँदा कुल १ खर्ब ४४ करोड ५१ लाख ९१ हजार ५ सय ४४ रुपैँयाको कारोबार भएको हो । त्यस्तै, नेप्से परिसूचक १४.६८ अंकले बढेर १५२४.०७ अंकको नयाँ विन्दुमा कायम भएको छ ।
हिमालयन जेनेरल इन्स्योरेन्सको शेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । कम्पनिको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, एनबी बैँकको ७ करोडमाथिको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडमाथिको शेयर कारोबार भएको छ । प्रडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको ५ करोडमाथिको कारोबार भएको छ भने प्रभु इन्स्योरेन्स, नेपाल बैँक, नेपाल इन्स्योरेन्स, प्राइम कमर्सियल बैँक लगायतको ४ करोडमाथिको कारोबार भएको छ ।
१ सय प्रतिशत अकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको नमस्ते वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैँक, पेसिफिक डेभलपमेन्ट बैँक, कर्णाली डेभलपमेन्ट बैँक, एनएमबी माइक्रोफाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले क्रमशः ९.९४, ९.८२, ९.४७, ९.०९ र ९.०९ प्रतिशत दरले कमाएका छन् । मनास्लुृ विकास बैँक, हिमालयन जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, साझा विकास बैँक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा सिनर्जी फाइनान्स, युनिक फाइनान्स, कञ्चन डेभलपमेन्ट बैँक, रिडी हाइड्रोपावर डेभलपमेन्ट बैँक, हामा मर्चेन्ट लगायत छन् ।
सोमबार पनि लगानीकर्ताको सबैभन्दा धेरै आकर्याण विमा समूहमा देखिएको छ । यो समूह २६१.०३ अंकले बढेको छ । विकास बैँक, वाणिज्य बैँक, उत्पादनमूलक र होटल समूह क्रमशः १२.३८, १०.५१, ३.२ र १.१३ अंकले बढ्दा जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १०.४७, २.४५ र २.३४ अंकले घटेका छन् ।