बैंकिङ खबर । एनआईसी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा शुक्रबार (भदौ १५ गते) सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित एक करोड ४७ लाख ३६ हजार आठ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
निष्काशन तथा विक्री प्रबन्धकसंगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवाग्राही तथा ५ वटा कम्पनीको सेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । साथै एनआईसी एशिया क्यापिटलले हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको छ ।
छिटो तथा ग्राहाकमुखि सेवा दिदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले आगामी दिनहरुमा थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।