Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

९.३९ अंकले बढ्यो सेयर बजार, २८ कम्पनीका सेयरधनीले गुमाए

२०७५ भाद्र १४ गते

बैंकिङ खबर । विहीबार सेयर बजार ९.३९ अंकको वृद्धिसँगै ११८१.६९ अंकमा कायम भएको छ ।  होटल समूह २.३१ अंकले घटे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः९.११, ७.९१, ५.३१, १.३२, ६२.४६, ८.२६, ६.२७, १४.०३ र २६.२१ अंकले बढेका छन् ।

दिनभरिमा १६७ वटा कम्पनीको छ लाख ९४ हजार तीन सय ७८ कित्ता सेयर दुई हजार नौ सय ९३ पटक खरिदविक्री हुँदा २१ करोड नौ लाख ७३ हजार तीन सय ७२ रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका टप १० कम्पनीको सूचिमा क्रमशः एनएमबि बैंक, एनएलजी इन्स्योरेन्स, मेगा बैंक प्रोमोटर, नेपाल बैंक, नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंक रहेका छन् । 

नाडेप लघुवित्त, स्वदेशी लघुवित्त, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ८.८८, ५.७७, ५.३३ र ५.०० प्रतिशतका दरले कमाएका छन् । नेपाल सेवा लघुवित्त, एनआईसी एशिया बैंक, नयाँ नेपाल लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।

जम्मा २८ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ३.४१ प्रतिशतका दरले गुमाएका छन् । छ्याङ्दी हाइड्रो, भार्गव विकास बैंक, बेष्ट फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, सेञ्चुरी बैंक प्रोमोटर, कन्काई विकास बैंक, गुहेश्वरी फाइनान्स, कुमारी बैंक, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Ad