Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जोशी हाइड्रोको १६ लाख ९० हजार कित्ता आईपिओ आउँदै

२०७५ भाद्र १० गते

बैंकिङ खबर । जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १६ लाख ९० हजार चार सय ७० कित्ता आईपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ । 

यसअघि कम्पनीले आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको तीन लाख ७१ हजार ४०० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर मात्र विक्री भएको थियो । कम्पनीले स्थानीयले नकिनेको सेयर समेत थप गरेर सर्वसाधारणमा सेयर जारी गर्ने भएको हो । यसअघि सर्वसाधारणलाई १४ लाख ४८ हजार ४६० कित्ता सेयर निष्काशन गर्ने तय भएको थियो । 

आईपिओ जारीसँगै कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

Ad