Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभरी नै घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

२०७५ भाद्र ८ गते

बैंकिङ खबर । यो साताभरी नै सेयर बजार घटेको छ । गत साताको अन्तिम दिन १२१०.३२ अंकमा बन्द भएको बजार ३१.८२ अंकको गिरावटसँगै ११७८.५० अंकमा कायम भएको छ । गत साता सेयर बजार २९.६९ अंकले बढेको थियो । 

आइतबार ३२ करोड, सोमबार २२ करोड र मंगलबार झन्डै १८ करोड हुँदै बुधबार १६ करोड ९२ लाख रुपैयाँमा झरेको कारोबार रकम विहीबार २७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । समग्रमा, साताभरमा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार छ सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो । गत साता एक अर्ब ४२ करोड ४८ लाख ८१ हजार नौ सय रुपैयाँको कारोबार भएको थियो । 

एनएमबि बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । बैंकको छ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सबैभन्दा धेरै कित्ता सेयर खरिदविक्री हुनेमा पनि एनएमबि बैंक नै अग्रस्थानमा रहेको छ । बैंकको दुई लाख १३ हजार कित्ता सेयरको खरिदविक्री भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ५७९ पटक भएको छ । 

Ad