Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साढे १५ लाख कित्ता आईपिओ जारी गर्दै घलेम्दी जलविद्युत आयोजना

२०७५ भाद्र ७ गते

बैंकिङ खबर । घलेम्दी जलविद्युत आयोजनाले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा १५ लाख ५५ हजार सात सय ७० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

पहिलो चरणमा असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि ५ लाख कित्ता आईपिओ जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । स्थानीयलाई जारी गरेको सेयरमा विक्री नभएको चार लाख ५५ हजार सात ७० कित्ता समेत थप गरी सर्वसाधारणमा सेयर जारी गर्न लागिएको छ । यसअघि सर्वसाधारणमा ११ लाख कित्ता जारी गर्ने तय भएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ । कूल ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।

वि.सं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ । य

Ad