Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा गिरावटको क्रम जारी, ११७८.५० अंकमा परिसूचक

२०७५ भाद्र ७ गते

बैंकिङ खबर । विहीबार पनि सेयर बजार ३.९२ अंकको गिरावटसँगै ११७८.५० अंकमा कायम भएको छ । विकास बैंक र अन्य समूह क्रमशः ०.१८ र ५.०७ अंकले बढेपनि बैंकिङ , होटल, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः ३.५३, २.३६, १४.६२, ०.०७, २७.५५, ५४.६७, ४.४१ र ३८.६४ अंकले घटेका छन् ।

दिनभरिमा १५९ वटा कम्पनीको १० लाख २० हजार पाँच सय ९५ कित्ता सेयर तीन हजार पाँच सय दुई पटक खरिदविक्री हुँदा २७ करोड ७३ लाख आठ हजार दुई सय ६६ रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको झन्डै पाँच करोडको कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको तीन करोड र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एशियन लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र नेपाल बैंक रहेका छन् ।

एनआईबिएल समृद्धि फण्डका सेयरधनीले सबैभन्दा धेरै ६.०९ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी भ्यालु फण्ड, नागरिक गानी कोष, नेपाल सेवा लघुवित्त, सृजना फाइनान्स, मेरो माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, प्रुडेन्सियल इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, सूर्यादय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

युनिलिभर नेपाल, सप्तकोसी डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । कृषि विकास बैंक, एनएमबि बैंक, ग्रामीण विकास लघुवित्त, आरएमडीसी लघुवित्त, सानिमा माई हाइड्रो, उन्नति माइक्रोफाइनान्स, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Ad