२०७५ भाद्र ५ गते

सेयर बजारमा गिरावट कायमै, ११८३.८९ अंकमा परिसूचक

बैंकिङ खबर । मंगलबार पनि सेयर बजारमा गिरावट कायम रहेको छ । नेप्से परिसूचक ४.१८ अंकको गिरावटसँगै ११८३.८९ अंकमा कायम भएको छ । व्यापार, जलविद्युत्, निर्जिवन बीमा र अन्य समूह क्रमशः २.९५, ०.५६, ४.४७ र १.४१ अंकले बढे पनि बैंकिङ, होटल, विकास बैंक फाइनान्स, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः ५.४१, ८.७६, ३.१८, २.९४, २२.८५, १०.३३ र ०.५१ अंकले घटेका छन् ।

कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १६१ वटा कम्पनीको पाँच लाख ७० हजार एक सय ७३ कित्ता सेयर तीन हजार दुई सय २४ पटक खरिदविक्री हुँदा १७ करोड ९५ लाख ५८ हजार नौ सय ३० रुपैयाँको कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको मात्रै एक करोडमापथको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, चिलिमे हाइड्रो, नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक र नेपाल बैंक रहेका छन् ।

४६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । साल्ट ट्रेडिङका सेयरधनीले सबैभन्दा धेरै ४.८३ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, वल्र्ड मर्चेन्ट बैंकिङ, आईएमई जनरल इन्स्योरेन्स, ङादी ग्रुप पावर, रिडी हाइड्रो, सानिमा माई हाइड्रो, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, डिप्रोस्क लघुवित्त, अपि पावर कम्पनी, सानिमा इक्विटी फण्ड, भार्गव विकास बैंक, सिद्धार्थ इक्विटी फण्ड, जानकी फाइनान्स, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।