बैंकिङ खबर । केही सातायता निरन्तर गिरावटको क्रममा रहेको सेयर बजार यो साता उकालो लागेको छ । आइतबार बाहेक चारै दिन हरियो भएको नेप्से परिसूचक साताभरमा २९.६९ अंकले बढेको छ । गत साता ११८०.६३ अंकमा बन्द भएको बजार यो साता १२१०.३२ अंकमा आइपुगेको हो ।
परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । आइतबार २५ करोडको कारोबार भएको बजार सोमबार झन्डै १७ करोडको कारोबारमा सीमित भएको थियो । त्यस्तै, मंगलबार र बुधबार क्रमशः १८ करोड ९५ लाख र ३६ करोडको कारोबार भएको बजारमा विहीबारसाढे ४५ करोडको कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ४२ करोड ४८ लाख ८१ हजार नौ सय रुपैयाँको कारोबार भएको छ । गत साता जम्मा ९१ करोड ८७ लाख ३२ हजार एक सय ५१ रुपैयाँको कारोबार भएको थियो ।
त्यसैगरी कारोबार भएको शेयर संख्या (१ लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।