May 22nd, 2016

बिमा समूहले उचालेर नेप्सेलाई पुर्यायो १५ सय माथि, १० प्रतिशतले सम्पत्ति बढाउनेमा ११ कम्पनि

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा सवा १ अर्ब बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३५ वटा कम्पनिको २८ लाख २३ हजार ७ सय २० कित्ता शेयर ५ हजार ५ सय ९७ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २४ करोड ९० लाख ७१ हजार ४ सय १७ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचकले पनि १५ सय नाघेको छ । आइतबार १०.०७ अंकको वृद्धिसँगै परिसूचक १५०९.३९ अंकमा पुगेको हो ।

कुल कारोबार रकममध्ये, नेशनल लाइफ इन्स्योरेन्स र एनबी बैँकको साढे ६ करोडभन्दा माथिको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको ५ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल, नेपालव बैँक र सेञ्चुरी कमर्सियल बैँकको ४ करोडमाथिको कारोबार हुँदा हिमालयन जेनेरल इन्स्योरेन्स, एभरेष्ट बैँक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतको ३ करोडमाथिको कारोबार भएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, रिलायबल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, काबेली विकास बैँक, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा प्रोफेशनल दियालो विकास बैँक, नेशनल हाइड्रोपावर, सिन्धु विकास बैँक, नेपाल ग्रामीण विकास बैँक लगायत छन् ।

आइतबारको बजार विमा समूहले उचालेको छ । विमा समूहको शेयर ३३६.८२ अंकले बढेको छ । विकास बैँक र वाणिज्य बैँक समूह क्रमशः ४.१८ र १.०९ अंकले बढेका छन् । उत्पालनमूलक, होटल, जलविद्युत् र फाइनान्स क्रमशः ३३.९४, २९.९४, २.९६ र २.१ अंकले बढेका छन् ।