Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

धादिङमा एकैसाथ एनआईसी एशिया बैंकका तीन नयाँ शाखा विस्तार

२०७५ श्रावण ३० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले धादिङ जिल्लाको खानीखोला, धार्के र  महादेवबेसीमा नयाँ शाखाहरु विस्तार गरेको छ ।  धुनिबेशी न.पा. वडा नं.७ स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६ स्थित धार्के शाखाको उद्घाटन धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले गरे भने थाक्रे गाउँपालिका वडा नं.६ स्थित महादेवबेशी शाखाको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले एक समारोहका बीच गरे ।

यससँगै बैंकको  शाखा संख्या २३७ पुगेको छ । यसबाहेक, बैंकले २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Ad