बैंकिङ खबर । बुधबार नेप्से परिसूचकले १२ सयको विन्दु पार गरेको छ । २८.७३ अंकले बढेर सेयर बजार १२०९.७१ अंकमा पुगेको हो । लामो समयदेखि गिरावटको क्रममा रहेको बजार केही दिनदेखि लगातार बढिरहेको छ ।
सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा २०५.६४ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः २४.८६, २९.२६, ३६.८१, ३४.५३, ९.२३, ३९.२३, १४.८२, ३५.२८ र १२९.८२ अंकले बढेका छन् ।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । दिनभरिमा १६५ वटा कम्पनीको १० लाख ६८ हजार पाँच सय ५७ कित्ता सेयर पाँच हजार आठ सय ३३ पटक खसिदविक्री हुँदा ३६ करोड एक लाख ६३ हजार चार सय ५८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा नविल बैंक अग्रस्थानमा छ । बैंकको एक करोड ६४ लाख ८१ हजार दुई सय ९५ रुपैयाँको कारोबार भएको छ । प्राइम बैंक प्रोमोटर, नविल बैंक प्रोमोटर, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक र नेपाल बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ९८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको ९७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
स्वरोजगार लघुवित्तका सेयरधनीले ९.६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टीलरी र तारागाउँ रिजेन्सीका सेयरधनीले सात प्रतिशत तथा हिमालयन पावर पार्टनर र समिट माइक्रोफाइनान्सका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स, सिटी एक्सप्रेस फाइनान्स, आरएसडीसी लघुवित्त लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ । वोमी माइक्रोफाइनान्सको सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आरम्भ माइक्रोफाइनान्स, मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रो, लक्ष्मी इक्विटी फण्ड, नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स, रैराङ हाइड्रो, नविल इक्विटी फण्ड र फस्र्ट माइक्रोफाइनान्सको पनि सेयरमूल्य घटेको छ ।