August 12th, 2018

१६.६९ अंकको गिरावटसँगै ११३.९४ अंकमा सेयर बजार, जम्मा १७ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार १६.६९ अंकले घटेर ११३.९४ अंकमा कायम भएको छ । व्यापार र होटल समूह क्रमशः २.११ र ६.७३ अंकले बढे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः११.८७, १३.२२, २१.१९, ३.५९, १०५.४७, ६३.५८, ४.७२, ३१.५३ र १९३.३७ अंकले घटेका छन् ।

दिनभरिमा १६२ वटा कम्पनीको सात लाख ८१ हजार पाँच सय ६० कित्ता सेयर चार हजार एक सय ७६ पटक खरिदविक्री हुँदा २५ करोड दुई लाख २६ हजार चार सय ९१ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड र एलआईसी नेपालको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः नेपाल बैंक, नविल बैंक, ग्लोबल आईएमई बैंक, चिलिमे हाइड्रो, नेपाल इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । 

जम्मा १७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले ३.८६ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, साल्ट ट्रेडिङ, सिद्धार्थ इक्विटी फण्ड, ओम डेभलपमेन्ट बैंक प्रोमोटर, जानकी फाइनान्स, सोल्टी होटल, आईसीएफसी फाइनान्स, सानिमा इक्विटी फण्ड, सिनजी पावर, सेन्ट्रल फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

यता, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनन्स, नेरुडे लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स र नयाँ नेपाल लघुवित्तका सेयरधनीले क्रमशः  ९.९७, ९.९१, ५.८९ र ५.१२ प्रतिशतका दरले गुमाएका छन् । बैंक अफ काठमाण्डू, समता माइक्रोफाइनान्स, एनएमबि हाइब्रिड फण्ड, महुली सामुदायिक लघुवित्त, युनिलिभर नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]