Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सानिमा बैँकले बागमती डेभलपमेन्ट बैँक किन्ने

admin २०७३ जेष्ठ ९ गते
सेयर:

sanima-bankसानिमा बैंकले वागमति डेभलपमेन्ट बैंक किन्ने भएको छ । ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अन्तिम तयारीमा रहेको सानिमा बैंकले वागमति डेभलपमेन्ट बैंक किन्ने भएको हो । हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।

सानिमाले वागमतिलाई खरिद गर्ने निर्णय गरेपनि स्वाप रेसीयो भने तय भएको छैन् । यता, आइतबारबाट शेयरबजारमा वागमतिको कारोबार स्थगित भइसकेको छ । वागमतिले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर दिएको थियो । हाल बैंकको चुक्ता पुँजी ५ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा जगेडाकोषमा एक करोड एक लाख रुपैयाँ रहेको छ । बैंकले ५६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।