August 10th, 2018

स्वदेशी लघुवित्तले पायो शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति

बैंकिङ खबर । स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले संस्थालाई एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

हकप्रद निष्काशनको लागि लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 
संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ । 

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले तीन करोड ७७ लाख रुपैयाँ नाफा गरेको भने प्रतिसेयर आम्दानी ३२ रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]