Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनसीसी बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ ४ गतेदेखि

२०७५ श्रावण १५ गते

बैंकिङ खबर । नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेडले भदौ ४ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको  अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३३ लाख ९५ हजार दुई सय ९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

असोज ७ गतेसम्म खुला रहने सेयरमा साउन १४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले हकप्रद शेयरको बिक्रीबाट २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ चुक्ता पुँजी जुटाउनेछ । जसपश्चात् बैंकको चुक्तापुँजी चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँबाट बढेर सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । 

Ad