Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विन्ध्यवासिनी हाइड्रोले २५ लाख कित्ता आईपिओ जारी गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

२०७५ श्रावण १३ गते

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । 

कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ । जसमध्ये, स्थानीयका लागि १० लाख कित्ता र सर्वसाधारणका लागि १५ लाख कित्ता छुट्याइएको छ ।  

Ad