July 19th, 2018

सेयर बजारमा गिरावट जारी, ५६ करोडको कारोबार हुँदा ३१ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ५.३८ अंकले घटेर ११९३.३९ अंकमा कायम भएको छ । होटल र उत्पादनमूलक समूह क्रमशः १४.६१ र ०.४६ अंकले बढेपनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः  ३.४६, ७.०८, ६.६१, ०.५७, ८०.८२, ०.९७, १६.२३ र ४३.५५ अंकले घटेका छन् ।

बुधबारको तुलनामा कारोबार बढेको छ । कुल कारोबार रकम ५६ करोड १२ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ पुगेको छ । दिनभरिमा १६२ वटा कम्पनीको १९ लाख १८ हजार छ सय ४८ कित्ता सेयर तीन हजार सात सय ७२ पटक खरिदविक्री भएका छन् । 

प्राइम लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको मात्रै ३० करोड ५९ लाखमाथिको कारोबार भएको छ । नविल बैंकको तीन करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोड तथा प्रभु इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक प्रोमोटर, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकको क्रमशः ८२ लाख, ६६ लाख, ५९ लाख, ५४ लाख र ५० लाखको कारोबार भएको छ ।

जम्मा ३१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फण्डका सेयरधनीले सबैभन्दा धेरै ४.०३ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, ज्योति विकास बैंक, सोल्टी होटल, लुम्बिनी विकास बैंक, सानिमा इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी वरियन्टेड स्कीकम लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रो, सिनर्जी पावर र भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले गुमाएका छन् । एभरेष्ट बैंक सीपी, नयाँ नेपाल लघुवित्त, तारागाउँ रिजेन्सी, मितेरी डेभलपमेन्ट बैंक, साना किसान विकास बैंक, समता माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]