बैंकिङ खबर । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा सरकारले करको दायरा बढाएको छ । अब लगानीकर्ताले सेयर कारोबार गर्दा “क्लोज आउट“मा तिर्नुपर्ने जरिवानामा कर लाग्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले मंगलबारदेखि क्लोज आउटमा लगानीकर्ताले प्राप्त गरेको आकस्मिक लाभमा २५ प्रतिशत(आकस्मिक लाभकर) तिर्नु पर्ने जनाएको छ ।
सिडिएससीका अनुसार धितोपत्र कारोबार राफसाफ तथा फछ्रयौट विनियमावलि,२०६९ को विनियम २१ को उपविनियम(२) बमोजिम धितोपत्र कारोबार राफसाफ तथा फछ्रयौट गर्दा क्लोज आउटमा परेको रकममा आयकर एन २०५८ को दफा ८८(क)बमोजिम आकस्मिक लाभकर २५ प्रतिशत लाग्ने व्यवस्था छ । सोही बमोजिम आकस्मिक लाभकर लगाइएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले बताए ।