Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइतबारदेखि ४२ लाख कित्ता हकप्रद सेयरको विक्री सुरु

२०७५ असार १७ गते

बैंकिङ खबर । आइतबार (असार १७ गते)देखि दुई वटा कम्पनीको हकप्रद सेयर निष्काशन सुरु भएको छ । सेयर बजारमा आएको निरन्तर गिरावटका कारण सेयर नबिकिरहेको अवस्थामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ४२ करोड चार लाख ६७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन सुरु गरेका छन् ।

सिद्धार्थ इन्स्योरेन्सले चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ भने आरएसडिसी लघुवित्तले ६० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ । दुवै कम्पनीको सेयर साउन २० गतेसम्म खुला रहनेछ । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ४४ लाख ९७ हजार तीन सय रुपैयाँ बराबरको २२ लाख ४४ हजार नौ सय ७३ कित्ता हकप्रद बिक्री गर्नेछ । वैशाख ३१ गतेसम्म कायम सेयरधनीले यस हकप्रदमा आवेदन दिन पाउनेछन् ।
 
आरएसडिसीले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता सेयर निष्काशन गर्नेछ । जेठ २१ गतेसम्म कायम सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  

सिद्धार्थ इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ ।

आरएसडीसी लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ । 

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ । बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।

हाल आरएसडीसी लघुवित्तको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

Ad