Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पञ्चकन्या माई हाइड्रोले सर्वसाधारणका लागि सेयर जारी गर्दै, धितोपत्र बोर्डले दियो अनुमति

२०७५ असार ११ गते

बैंकिङ खबर । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपिओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । 

चुक्तापुँजीको १० प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई  नियुक्त गरेको छ । अहिले कम्पनीको चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको छ । सेयर निष्काशन पछि कम्पनीको चुक्तापुँजी एक अर्ब १ ० करोड रुपैयाँ पुग्नेछ । 

Ad