बैंकिङ खबर । मंगलबार सेयर बजार ८.९७ अंकले घटेर १२२६.१८ अंकमा कायम भएको छ । कारोबार भएका सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ५.८६, ८.०५, १४.४८, २.६२, ३.१२, ९३.९, १९.१२, ३.४६ र १४.२९ अंकले घटेका छन् ।
दिनभरिमा १५७ वटा कम्पनी पाँच लाख ८७ हजार पाँच सय ५८ कित्ता सेयर तीन हजार १४ पटक खरिदविक्री हुँदा २० करोड ८४ लाख ८६ हजार एक सय ५५ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको दुई करोड ६७ लाख र एनआईसी एशिया बैंकको दुई करोड ६६ लाखमाथिको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्त, एनएमबि बैंक, नागबेली लघुवित्त प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, चिलिमे हाइड्रो, उन्नति माइक्रोफाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंक धेरै कारोबार गर्ने टप १० कम्पनीब्हरुको सूचिभित्र छन् ।
समता माइक्रोफाइनान्स र खानीखोला हाइड्रोका सेयरधनीले क्रमशः ९.९८ र ५.४५ प्रतिशतका दरले कमाएका छन् । सानिमा इक्विटी फण्ड, हाथवे फाइनान्स, एभरेष्ट बैंक सीपी, कञ्चन डेभलपमेन्ट बैंक, हिमालयन बैंक, बरुण हाइड्रो, नेपाल बैंक, नेपाल हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, राधी विद्युत् कम्पनी र सृजना फाइनान्सका सेयरधनीले क्रमशः ४.५८ र ४.०८ प्रतिशतका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त, मिथिला लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, लक्ष्मी लघुवित्त, हिमालयन डिस्टीलरी, कर्पोरेट डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त, गरिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।