बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंमित मूल्यमा प्रिमियम १८० थप गरी प्रतिकित्ता २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ सार्वजनिक निष्काशन गर्न लागेको हो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर रहेको यस बैकको चुक्ता पुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । एफपिओ जारी गरेपछि बैंकको चुक्तापुँजी नौ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । प्रिमियरवापत उठेको रकम जगेडाकोषमा जानेछ ।