Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

९.७७ अंकले घटेको बजारमा एक अर्ब ४२ करोडको कारोबार

२०७५ असार १ गते

बैंकिङ खबर । यो साता सेयर बजारमा ९.७७ अंकले गिरावट आएको छ । गत साता १२५७.०७ अंकमा कायम भएको सेयर बजार यो साता १२४७.३० अंकमा झरेको छ । आइतबार दोहोरो अंकले घटेको सेयर बजार सोमबार सामान्य अंकले बढे पनि मंगलबार पुनः गिरावटमा फर्किएको थियो । बुधबारसामान्य अंकले बढेको बजार विहीबार पनि ५.२३ अंकको वृद्धिसँगै १२४७.३० अंकमा पुगेको हो ।   

सेयर बजारमा लगातार गिरावट आउन थालेपछि कारोबार पनि घटेको छ । आइतबार ४४ करोडमाथिको कारोबार भएको बजारमा सोमबार ४३ करोड र मंगलबार झन्डै ३० करोडको कारोबार भएको थियो । त्यस्तै, बुधबार २० करोड ८५ लाखको कारोबार भएको बजारमा विहीबार ३१ करोड ८२ लाखको सेयर कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ४२ करोड सात लाख ४८ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको छ ।

मेगा बैंक, नविल बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, नेपाल टेलिकम लगायतको धेरै कारोबार भएको छ । राधी विद्युत् कम्पनी, नेपाल हाइड्रो, उन्नति माइक्रोफाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । ङादी ग्रुप पावर, कर्णाली डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।      

Ad