May 18th, 2016

बिमा समूहले उचाल्यो बुधबारको नेप्से, परिसूचक १५ सय नजिक, नेशनल लाइफमा किन धेरै आकर्षण ?

economicबुधबार नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार फेरि १ अर्ब नाघेको छ । गत साता लगातार अर्बको कारोबार भएर यस साताको आइतबारदेखि घट्दै गएको कारोबार मंगलबारदेखि पुनः उकालो लागेको हो । मंगलबार ७४ करोड ७४ लाखको कारोबार भएको बजारमा बुधबार १ सय ३६ वटा  कम्पनिको १४ लाख २३ हजार ४ सय ५६ कित्ता शेयर ४ हजार ४ सय ५२ पटक खरिदविक्रि हुँदा १ अर्ब २ करोड ७० लाख १८ हजार १ सय ९६ रुपैँयाको कारोबार भएको छ । परिसूचक पनि बुधबार १२.७३ अंकले बढेर १४९६.४१ अंकमा पगेको छ । 

दिनभरिको कुल कारोबार रकममध्ये नेशनल लाइफ इन्स्योरेन्सको मात्रै १५ करोड ४२ लाख ९० हजार ५ सय ६३ रुपैँयाको शेयर कारोबार भएको छ । एनबी बैँकको ६ करोडमाथिको कारोबार हुँदा एनएमबी बैँक र सानिमा बैँकको ४ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैँकको ३ करोडमाथिको कारोबार हुँदा लक्ष्मी बैँक, नेपाल बैँक, प्रभु इन्स्योरेन्स, सिटिजन्स बैँक, प्राइम कमर्सियल बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

बुधबार धेरै कमाउने कमपनिहरुमा काबेली विकास बैँक, तारागाउँ रिजेन्सी होटल, प्यासिफिक डेभलपमेन्ट बैँक र ओमी माइक्रोफाइनान्स रहेका छन् जसका लगानीकर्ताले क्रमशः ९.९१, ९.७८, ९.७३ र ९.१७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतने पनि कमाएका छन् । गुमाउनेमा साझा विकास बैँक, राप्तीभेरी विकास बैँक लगायत छन् ।

बुधबारको बजारलाई बिमा समूहले उचालेको छ । यो समूहको शेयर १०९.५२ अंकले बढेको छ । त्यस्तै, होटल, वाणिज्य बैँक, जलविद्युत्, फाइनान्स र विकास बैँकले क्रमशः १६.४, १५.२७, ८.८८, ५.८२ र २.२७ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूह क्रमशः १३.१३ र १.१८ अंकले घटेका छन् ।