Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कामना सेवा विकास बैंकका सेयरधनीले १२ प्रतिशत लाभांश पाउने

२०७५ जेष्ठ ३१ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ५.५० प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको ५.५ प्रतिशतले हुन आउने १३ करोड चार लाख ७० हजार १९२ रुपैयाँको बोनस तथा ६.५० प्रतिशतले हुन आउने १५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

चालू आवको तेश्रो त्रैमासमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

Ad