Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकका सेयरधनीले १०.७५ प्रतिशत बोनस सेयर पाउने

२०७५ जेष्ठ ३० गते

बैंकिङ खबर । मेगा बैंकले सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले यसअघि टुरिजम डेभलपमेन्ट बैंक र आफैँले घोषणा गरेको बोनस खारेज गर्दै नयाँ प्रस्ताव अघि सारेको हो । 

बैंकको मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बैठकले दुबै बैंक एकीकृत कारोबार गरिसकेको अवस्थामा यसअघि टुरिजम डेभलपमेन्ट बैंक र मेगाले घोषणा गरेको बोनस सेयर खारेज गर्ने र एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि टुरिजम् बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । अब टुरिजम बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत नै बोनस पाउनेछन् । यसअघि मेगा बैंकले चुक्ता पूँँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सो बेला मेगाको चुक्ता पूँजी ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ रहेको थियो ।  अब मेगा बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत बोनस पाउनेछन् ।

Ad