Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

असार १७ देखि दुई कम्पनीको हकप्रद सेयर निष्काशन हुँदै

२०७५ जेष्ठ २९ गते

बैंकिङ खबर । असार १७ गतेदेखि सिद्धार्थ इन्स्योरेन्स र आरएसडीसी लघुवित्तको हकप्रद सेयर निष्काशन हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत तथा आरएसडीसी लघुवित्तले ६० प्रतिशत  हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।

सिद्धार्थले चुक्ता एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ४४ लाख ९७ हजार तीन सय रुपैयाँ बराबरको २२ लाख ४४ हजार नौ सय ७३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सिद्धार्थ इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यता, आरएसडीसी लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता सेयर निष्काशन गर्दैछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

दुवै कम्पनीको सेयरमा साउन २० गतेसम्म आवेदन दिन पाइनेछ । सिद्धार्थको हकप्रदमा वैशाख ३१ गरेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् भने आरएसडीसीको हकप्रदमा जेठ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ । त्यस्तै, आरएसडीसी लघुवित्तको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

Ad