Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

२५.६८ अंकको गिरावटसँगै १२५७ अंकमा सेयर बजार

२०७५ जेष्ठ २४ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार २५.६८ अंकले घटेर १२५७.०७ अंकमा कायम भएको छ । सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १७४.७६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २०.७५, ३९.३९, २४.४५, ३५.५९, ५.६६, १६.८, १४.७८ र ३५.५४ अंकले घटेका छन् । 

दिनभरिमा १६६ वटा कम्पनीको १४ लाख ४१ हजार दुई सय ७७ कित्ता सेयर छ हजार पाँच सय ९३ पटक खरिदविक्री हुँदा ८६ करोड ८५ लाख ६० हजार तीन सय ४९ रुपैयाँको कारोबार भएको छ । मेगा बैंकको दुई करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९८ लाखमाथिको कारोबार भएको छ । सांग्रिला डेभलपमेन्ट  बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक, सानिमा बैंक, साना किसान विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सांग्रिला डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको सेयर कारोबार भएको छ ।

जम्मा १६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै समता माइक्रोफाइनान्सका सेयरधनीले ३.९६ प्रतिशतले कमाएका छन् । अरुण भ्याली हाइड्रो, रिडी हाइड्रो, मञ्जुश्री फाइनान्स, सिनर्जी पावर, एनआईसी एशिया ग्रोथ फण्ड, उन्नति माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, हाथवे फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नागबेली लघुवित्तका सेयरधनीले ७.६६ प्रतिशतका दरले गुमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्स र गरिमा विकास बैंकका सेयरधनीले क्रमशः ५.६२ र ५.२३ प्रतिशतले गुमाएका छन् । युनाइटेड फाइनान्स, नेरुडे लघुवित्त, सगरमाथा इन्स्योरेन्स, पोखरा फाइनान्स, सिभिल बैंक, मितेरी डेभलपमेन्ट बैंक, सानिमा माई हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।